
काठमाडौं । कालीकोटमा ९ दिनपछि विद्युत् आपूर्ति सुचारु भएको छ । लगातारको वर्षापछि कालीकोट, दैलेख र जुम्लाका विभिन्न ठाउँमा गएको पहिरोका कारण असोज १९ गतेदेखि बन्द भएको विद्युत् सेवा शुक्रबारबाट सुरु भएको हो ।
दैलेखको दुल्लु सबस्टेशनदेखि कालीकोटको मान्म सबस्टेशनसम्मको ६० किलोमिटर क्षेत्रभित्रको अवरोध हटाएपछि विद्युत् सेवा सुरु भएको नेपाल विद्युत् प्राधिकरण कालीकोटका कार्यालय प्रमुख विमल शाहले बताउनुभयो ।
ठाउँठाउँमा गएको पहिरोले रूख ढलेर विद्युतीय संरचनामा क्षति पुर्याएको उहाँले बताउनुभयो । पहिरोकै कारण सडक अवरूद्ध हुँदा विद्युत् सेवा समयमै सञ्चालनमा ल्याउन नसकिएको शाहले बताउनुभयो ।
केही ठाउँमा भने पहिरोले क्षति पुर्याएका ११ केभी लाइनका पोलहरुको मर्मत भइरहेको नेपाल विद्युत् प्राधिकरण कालीकोट वितरण केन्द्रले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्