
काठमाडाैं । तिहारको चहलपहल शुरु भएसँगै भक्तपुरका प्रजापति समुदाय पाला बनाउन व्यस्त भएका छन् । तिहारको समयमा प्रयोग हुने माटोको दियो र पाला बनाउन अहिले भक्तपुरका प्रजापति समुदाय व्यस्त भएका हुन् ।
गत वर्षको तुलनामा यस वर्ष पालाको माग धेरै भएकाले प्रजापती समुदायलाई फुर्सद छैन । परम्परागत रुपमा बनाइने माटोका भाँडा पर्यटकका लागि पनि आकर्षणको केन्द्र बन्ने गर्छन् । काठमाडौं उपत्यकासहित उपत्यका बाहिरका विभिन्न स्थानबाट लाखौं माटोका सामग्रीको माग आएपछि सो समुदायलाई अहिले भ्याइनभ्याइ भएको हो ।
अहिले भक्तपुर र थिमिका प्रजापतीले माटोका पाला, खुत्रुके, अम्बरा, धुपौरो, गमला, सुराई, कलिन्चाजस्ता सामानको माग बढेकाले माटोका भाँडा बनाउन व्यस्त छन् । भक्तपुरकै अन्य स्थान बोलाछेँ, ठिमी, ब्यासीमा पनि माटोको भाँडा बनाइने भएपनि सम्पदा सूचीमा सूचीकृत भक्तपुर दरबार क्षेत्रमा पर्ने पोटरी स्क्वायरमा धेरै मानिसहरू पुग्ने गर्छन् ।
तिहारका लागि अधिक माग हुने दियो र पालाको माग बाहिरि जिल्लाहरुबाट पनि अत्याधिक आइरहेको स्थानीयले बताए । अम्बरा, धुपौरो, गमला, सुराई, कालिञ्चा, खुत्रुकेलगायतका सामानको माग पनि बढेको उनीहरुको भनाइ छ ।
माटाको भाँडाको माग घटेको भन्दापनि माटो नपाउने समस्या ठूलो भएको कुमालेहरू बताउँछन् । माटोका पालाको माग भक्तपुरमा मात्र नभई अन्तर्राष्ट्रिय बजारमासमेत बढेकाले पाला बनाउन भ्याइनभ्याइ भएको उनीहरु बताउँछन् ।
प्रतिक्रिया दिनुहोस्