
काठमाडाैं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सामाजिक सञ्जालको प्रयोग चुनावका लागि ठूलो चुनौती भइरहेको बताउनुभएकाे छ ।
पोखरामा आज भएको कार्यक्रममा उहाँले सामाजिक सञ्जालमा गलत सूचना र झुटो विवरण पनि आउने भएकाले त्यसतर्फ सचेत रहनु पर्ने बताउनुभयो । उहाँले सबै उम्मेदवारलाई समान अवसर दिन सञ्चार माध्यमहरुलाई आग्रह पनि गर्नुभयो ।
राजनीतिक दलहरु र उम्मेदवार माथि प्रेसले प्रश्न गरिरहनु पर्ने भन्दै उहाँले सञ्चार माध्यमले स्वनियमन गर्न थाले धेरै समस्या हल हुने बताउनुभयो ।
प्रमुख निर्वाचन आयुक्त थपलियाले आगामी चुनावमा ७० प्रतिशत भन्दा बढी अर्थात १ करोड ३२ लाख मत खस्ने अपेक्षा गरिएको र बदर मत १ प्रतिशतभन्दा कम गराउन प्रयास गर्ने पनि बताउनुभो ।
अहिले कुनै पनि दल निर्वाचन अवरोध गर्ने पक्षमा नरहेकाले य यो सुखद कुरा रहेको उहाँको भनाइ छ । निर्वाचनमा पैसा पराजित भएर विचार विजयी हुनु पर्ने उहाँले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्