२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


अभिनेता जितेन्द्र शास्त्रीको निधन


1.157k
Shares

एजेन्सी । भारतीय अभिनेता जितेन्द्र शास्त्रीको निधन भएको छ । जीतु भाइ भनेर चिनिने जितेन्द्रको शनिबार निधन भएकाे हाे ।

उनले धेरै फिल्ममा आफ्नो दमदार अभिनयले छुट्टै छाप छोडेका थिए । उनले साना-साना पात्रहरूमा पनि जीवन्तता ल्याउने गर्थे । जितेन्द्र ‘ब्ल्याक फ्राइडे’ देखि ‘इन्डियाज मोस्ट वान्टेड’ सम्मका धेरै फिल्महरूमा आफ्नो उत्कृष्ट अभिनयका लागि परिचित छन्।

जितेन्द्र फिल्मी पर्दामा मात्रै नभई नाटक जगतमा पनि चर्चित थिए । उनले नेशनल स्कूल अफ ड्रामाबाट अभिनय सिकेका थिए।जितेन्द्रले ‘लज्जा’, ‘दौर’, ‘चरस’, ‘ब्ल्याक फ्राइडे’ जस्ता धेरै फिल्ममा काम गरेका थिए ।

सन् २०१९ मा रिलिज भएको फिल्म ‘इन्डियाज मोस्ट वान्टेड’का लागि उनको विशेष प्रशंसा भएको थियो । यस फिल्ममा उनले नेपालमा बसेर कुख्यात आतंककारीलाई पक्रन सहयोग गर्ने एक सूचनादाताको भूमिका निर्वाह गरेका थिए ।

अभिनेता सञ्जय मिश्राले सामाजिक सञ्जालमार्फत जितेन्द्रको निधन भएको खबर सार्वजनिक गरेका हुन् ।