
सिरहा। सिरहा गोलबजार–३ का १७ वर्षीय अंशु सदाको हत्यामा संलग्न ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा कमला नगरपालिका धनुषाका १८ वर्षिय राकेश ठाकुर, विसु भन्ने प्रशान्त मण्डल र रतुवामाई नगरपालिका–५ मोरङका २६ वर्षिय मनोज कार्की रहेका छन् ।
उनीहरूले असोज २६ गते सदालाई अपहरण गरी विराटनगर–११ स्थित न्यू अप्सरा गेष्टहाउसमा ल्याई हत्या गरेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्याल मोरङका प्रमुख शान्तिराज कोइरालाले जानकारी दिनुभयाे ।
प्रतिक्रिया दिनुहोस्