१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


ओखलढुंगामा ४ सय ७३ जना म्यादी प्रहरी छनोट


65
Shares

ओखलढुंगा । आउँदो मंसिर ४ गतेको निर्वाचनका लागि ओखलढुंगामा ४ सय ७३ जना म्यादी प्रहरी छनोट भएका छन् ।

जल्ला प्रहरी कार्यालय ओखलढुंगामा ८ सय ९३ जनाले आवेदन दिएका मध्ये ४ सय ७३ जना छनौटमा परेका हुन् ।

जसमा २ सय २ महिला र २ सय ७१ पुरुष रहेको प्रहरी नायव उपरीक्षक सुकदेव खनालले जानकारी दिनुभयो ।

असोज ९ देखि २२ गतेसम्म सञ्चालित शारीरिक तन्दुरुस्ती, स्वास्थ्य परीक्षण लिखित परीक्षा तथा अन्तर्वार्ताबाट म्यादी प्रहरी छनोट गरिएको हो ।

छनोट भएका म्यादी प्रहरीलाई १० दिन तालिम दिएर निर्वाचन सुरक्षार्थ खटाउने प्रहरीले जनाएको छ ।