
काठमाडौं । नेपाली खेलकुदको कुम्भमेला नवौं राष्ट्रिय खेलकुद अन्तर्गत आज आइतबार पनि विभिन्न खेलहरु हुँदैछन् ।
आइतबार हुने खेलमा एथलेटिक्स पोखरा रंगशाला, ब्याडमिन्टन पोखरा रंगशालाको कभर्ड हल, महिला क्रिकेट, पुरुष फुटबल, टेनिस, बक्सिङ, पुरुष भलिबल, सफ्ट टेनिस, स्क्वास, उसु, आर्चरी तथा पुरुष बास्केटबल पोखरा रंगशाला हुँदैछन् । महिला फुटबल र महिला भलिबल म्याग्दीमा हुनेछ । महिला बास्केटबल तनहुँ, शारीरिक सुगठन पोखरा सभागृह र पौडी फिस्टेल एकेडेमी पोखरामा हुनेछ ।
त्यस्तै बुद्धिचाल गोर्खा, टेबल टेनिस कोल्माबाहकोट पोखरा, सेपाकताक्रो महिला÷पुरुष नवलपुर कावासोती, भारोत्तोलन उद्योग बाणिज्य संघ पोखरा, सुटिङ काठमाडौं, साइक्लिङ रानीबन पोखरा, प्याराग्लाइडिङ पोखरा सारङकोट, रग्बी महिला/पुरुष भण्डारढिक खेलमैदान पोखरा र कुस्ती गैडाकोट नवलपुरमा हुनेछ ।
यसैगरी, कबड्डी केसी पोखरा क्याटरिङ, तेक्वान्दो म्याग्दी कभर्डहल, खो खो पोखरा ह्यान्डबल एकेडेमी, आइटिएफ तेक्वान्दो बागलुङ कभर्ड हल, कराते कुश्मा, फुलकन्ट्याक्ट कराते पोखरा रंगशाला, महिला हक्की गण्डकी बोर्डिङ स्कुल र पुरुष हक्की गौरीशंकर खेल मैदान पोखरामा हुनेछ ।
प्रतिक्रिया दिनुहोस्