
काठमाडौं । साताको पहिलो दिन आज आइतबार पनि सुनचाँदीको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला ९४ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार १ हजारले घटेर ९३ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
तेजावी सुन प्रतितोलामा ९२ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, चाँदीको मूल्य आइतबार २५ रुपैयाँले घटेर १ हजार १ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्