८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


देशभरकाे माैसमकाे अवस्था आज कस्ताे छ त ?


117
Shares

काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव छैन् ।

आज (सोमबार) बिहान देशको पश्चिमी पहाडी भू-भागमा आंशिक बदली रहेको छ । साथै बाँकी भू-भागमा भने मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

सोमबार दिउँसो भने सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बदली हुनेछ । त्यस्तै, बाँकी प्रदेशहरूमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । त्यस्तै, सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

सोमबार राति भने देशको पहाडी भू-भागमा आंशिक बदली हुने भएको छ । त्यस्तै, बाँकी भू-भागमा भने मौसम सामान्यतया सफा हुने भएकाे महाशाखाले जनाएको छ ।