१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


वरुण धवन र कृति सेननको चलचित्र ‘भेडिया’को फर्स्ट लुक सार्वजनिक


208
Shares

एजेन्सी । भारतीय अभिनेता वरुण धवन र अभिनेत्री कृति सेनन अभिनित चलचित्र ‘भेडिया’को फर्स्ट लुक सार्वजनिक भएको छ ।

चलचित्रका स्टार वरुण र कृतिले आफ्नो सामाजिक सञ्जाल मार्फत ‘भेडिया’को फर्स्ट लुक सार्वजनिक गरेका छन् । योसँगै चलचित्रको ट्रेलरको रिलिज मिति पनि तोकिएको छ ।

वरुण र कृतिले सोमबार आफ्नो इन्स्टाग्राम सार्वननिक गरेको उक्त चलचित्रको फर्स्ट लुक पोस्टरमा वरुणको आँखा निकै खतरनाक देखिन्छ । साथै उनको शरीर भित्र जलिरहेको ब्वाँसो देखिन्छ। चलचित्रको पोस्टरमा कृति छक्क परेको मुद्रामा छिन् । वरुण र कृति ले आफ्नो पोस्टमा चलचित्र ‘भेडिया’ को ट्रेलर अक्टोबर १९ मा रिलिज हुने जानकारी दिएका छन् । अब जंगलमा काण्ड हुने छ भन्दै दुबैले आफ्नो पोस्टमा लेखेका छन् ।

चलचित्र ‘भेडिया’लाई अमर कौशिकले निर्देशन गरेका हुन् । चलचित्र आगामी नोभेम्बर २५ मा हलमा रिलिज हुने छ । यो चलचित्र बाहेक वरुण ‘बावल’मा देखिनेछन् । यो सँगै कृतिका धेरै चलचित्र पाइपलाइनमा छन् । उनी ‘आदिपुरुष’, ‘गणपत’ र ‘शहजादा’ जस्ता चलचित्रमा काम गरिरहेकी छन् ।

वरुण पछिल्लो पटक चलचित्र ‘जुग जुग जियो’ मा देखिएका थिए भने कृति ‘बच्चन पाण्डे’मा देखिएकी थिइन् ।