१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


प्रहरी कुटपिटकाे विरोधमा इलाका प्रहरी कार्यालय घेराउ, दर्जनौं राउण्ड अश्रुग्यास प्रहार


1.144k
Shares

सिरहा । पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको मिर्चैयामा स्थानीयवासीले प्रहरी कुटपिटकाे विरोधमा इलाका प्रहरी कार्यालय घेराउ गरेका छन् ।

मिर्चैया नगरपालिका-१ रामपुर बिर्ताकी ६२ वर्षीया गुबदीदेवी साह हलुवाईको हत्या अनुसन्धानका क्रममा उनकै बुहारी जिबछीदेवी साहलाई प्रहरीले नियन्त्रणमा लिई अमानविय तरिकाले कुटपिट गरेको भन्दै स्थानीयले साेमबार इलाका प्रहरी कार्यालय घेराउ गरेका हुन् ।

साथै उनीहरुले बाटाेमा प्रदर्शन तथा नाराजुलुससहित चक्काजाम पनि गरेका छन् । आक्रोशित स्थानीयले दोषी प्रहरीलाई कार्वाहीको माग गर्दै चक्काजाम गरेपछि बल प्रयाेग गरिएकाे थियाे । प्रहरीले चक्काजाम खोलाउन दर्जनौं राउण्ड अश्रुग्यास प्रहार गरेको छ।

सो क्रममा करिब आधादर्जन प्रहरी पनि घाइते भएका छन् । एक जना प्रहरीको टाउको फुटेकाले उनको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख डीएसपी हरि ओलीले बताए ।

गुबदीदेवी साह हलुईको शव १५ असोजमा कर्जन्हा नगरपालिका-११ भलुखोला छेउको उखुघारीमा भेटिएको थियो। उनको अघिल्लै दिन हत्या गरी फालिएको हुन सक्ने अनुमान छ।