७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


करिम बेन्जिमालाई बालोन डि ओर अवार्ड


3.107k
Shares

काठमाडौं । यस वर्षको विश्व प्रसिद्ध बालोन डि ओरको अवार्ड रियल मड्रिडका फरवार्ड करिम बेन्जिमाले प्राप्त गरेका छन् ।

गत सिजन गरेको प्रर्दशनका आधारमा फ्रान्सेली खेलाडी बेन्जिमाले बालोन डि ओरको अवार्ड हात पारेका हुन् ।

उनी पहिलो पटक विश्वको उत्कृष्ट वर्ष खेलाडी पनि चुनिएका छन् । बेन्जिमाको ४६ खेलमा ४४ गोलको सहयोगमा रियल मड्रिडले च्याम्पियन्स लिग र ला लिगाको उपाधि हात पारेको थियो ।

लियोनल मेस्सीले ७ र क्रिस्टियानो रोनाल्डाले ५ पटक यो अवार्ड हात पारेका छन् । गत सिजन लिभरपुलमा रहेका साडियो माने दोस्रो र म्यानचेस्टर सिटीका केभिन डि ब्रुईन तेस्रो भए ।

यसैगरी बार्सिलोनाकी एलेक्सिया पुटेलसले सन् २०२२ को सर्वश्रेष्ठ महिला फुटबलरको अवार्ड प्राप्त गरिन् । इङ्ल्याण्डलाई युरो कप जिताउने आर्सनलकी फरवार्डर बेथ मिड दोस्रो स्थानमा रहिन् ।

बालेन डि ओरको ६ विधामा मनोनयनमा परेको म्यानचेस्टर सिटी वर्षको उत्कृष्ट क्लब घोषित हुँदा लिभरपुल दोस्रो स्थानमा रह्यो ।

गत वर्ष गरेको प्रर्दशनका आधारमा बालोन डि ओरलाई विजेता घोषणा गरिएको हो ।