१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


फिल्म ‘मिलन’ को ट्रेलर सार्वजनिक


65
Shares

काठमाडौं । त्रिकोणात्मक प्रेमकथामा आधारित फिल्म ‘मिलन’ को ट्रेलर सार्वजनिक भएको छ । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच ट्रेलर सार्वजनिक गरिएको हो ।

३ मिनेट १ सेकेन्ड लम्बाईको ट्रेलरमा फिल्मका तीन प्रमुख पात्रहरु कुशल शाह ठकुरी, सलोन बस्नेत र शिल्पा थापा बीचको प्रेमलाई प्रस्तुत गरिएको थियो ।

टेक पौरखी राईद्वारा निर्देशित फिल्ममा शिशिर बांग्देल, सुमिन गुरुङ, जानुका पौडेल, रेजिना एक्चै मगर, डेनियल खड्का, करन थापा मगर, विशाल पहारीलगायतको पनि अभिनय छ ।

फिल्ममा राहुल राईको छायांकन, तारा किम्बे थापाको सम्पादन, टंक बहादुर राईको भिएफएक्स, राजु सेन्चुरीको संगीत, कविराज गहतराजको कोरियोग्राफी, कुमार महर्जनको द्वन्द्व निर्देशन, शैलेश श्रेष्ठकको ब्याकग्राउन्ड स्कोर छ ।

काठमाडौं र कालिन्चोकमा छायांकन भएको फिल्मको निर्मातामा प्रविन थापा रहेका छन् । यो फिल्मबाट कुशल र शिल्पाले अभिनयमा डेब्यू गरेका हुन् ।

प्रेमकथा र वियोग सम्बन्धीत रहेर फिल्मलाई निर्माण गरिएको छ । फिल्म कात्तिक १८ गतेबाट प्रदर्शनमा आउन लागेको हो ।