२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


भारतको प्रधानन्यायाधीशमा धनञ्जय चन्द्रचुद नियुक्त


286
Shares

काठमाडौं । भारतको प्रधानन्यायाधीशमा धनञ्जय चन्द्रचुद नियक्त हुनुभएको छ ।

भारतीय सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश चन्द्रचुदलाई राष्ट्रपति द्रौपदी मुर्मूले भारतको ५०औं प्रधानन्यायधीशमा नियुक्त गर्नुभएको हो । प्रधानन्यायधीश उदय उमेश ललितले उमेर हदका कारण अवकाश पाउने भएपछि चन्द्रचुदलाई प्रधानन्यायधीशमा नियुक्त गरिएको हो ।

उहाँले आगामी नोभेम्बर ९ देखि मात्र कार्यभार सम्हाल्नु हुने भएकाे छ । उहाँको कार्यकाल २ वर्षको रहने छ । पछिल्लो समयमा उहाँ सबै भन्दा लामो कार्यकालसम्म प्रधानन्यायधीश बन्नुहुनेछ ।

चन्द्रचुद भारतकाे १६औँ प्रधानन्यायाधीश यशवन्त विष्णु चन्द्रचुदका छोरा समेत हुनुुहुन्छ ।