
काठमाडौं । अभिनेता सविन श्रेष्ठले मरणोपरान्त आँखा दान गर्ने भएका छन् ।
सोमबार तिलगंगा आँखा अस्पतालमा पुगेर श्रेष्ठले आँखा दान गर्ने पत्रमा हस्ताक्षर गरेका हुन् । सामाजिक सञ्जालमार्फत एक भिडियोसहित उनले आफ्ना सम्पूर्ण शुभचिन्तकलाई सो खबरबारे जानकारी दिएका हुन् ।
धेरै अगाडिदेखि आँखा दान गर्ने सोच भएतापनि अहिले आएर आफ्नो सपना पूरा भएको उनले आफ्नो भिडियोमार्फत बताएका छन् ।
आँखा दान गर्ने प्रतिबद्धतापछि अस्पतालले उनलाई प्रशंसा पत्र पनि प्रदान गरेको छ । समय मिलाएर केही अस्पतालहरूसँग सल्लाह गरेर श्रेष्ठले आफ्नो मिर्गौला र मुटु पनि दान गर्ने बताएका छन् ।
पछिल्लो समय श्रेष्ठ परोपकारी कार्यमा पनि सक्रिय भएका छन् । हालै उनले काठमाडौंका सार्वजनिक शौचालयमा महिला प्रयोगकर्ताको लागि स्यानिटरी प्याडको वितरण पनि गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्