
काठमाडौं । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला क्रिकेटको उपाधिका लागि आज मंगलबार दुई विभागीय टिम नेपाल पुलिस क्लब र एपीएफ क्लबबीच प्रतिस्पर्धा हुने भएको छ ।
पोखरा रंगशालामा उपाधिका लागि एपीएफ र पुलिसबीचको खेल आज दिउँसो सवा एक बजे सुरु हुनेछ ।
राष्ट्रिय खेलकुदमा पुलिसको महिला क्रिकेट टिमले पहिलो पटक सहभागिता जनाएको हो । यसअघिसम्म पुलिसको महिला क्रिकेट टिम नै थिएन । एपीएफले भने राष्ट्रिय खेलकुद निरन्तर खेल्दै आएको छ । पुलिस आफ्नो डेब्यु प्रतियोगितामै स्वर्ण जित्ने लक्ष्यमा छ ।
यसअघि सोमबार भएको सेमिफाइनल खेलमा एपीएफले लुम्बिनी र नेपाल पुलिस क्लबले बागमती प्रदेशलाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको थियो । पहिलो सेमिफाइनलमा एपीएफले लुम्बिनी प्रदेशलाई ६७ रनले पराजित गरेको थियो । फाइनल पुग्ने क्रममा नेपाल पुलिस क्लबले बागमती प्रदेशलाई ३६ रनले पराजित गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्