४ बैशाख २०८२, बिहिबार | Fri Apr 18 2025


निखिल र सञ्चिताका छोरा ‘नाईं नभन्नू ल ६’ बाट डेब्यू गर्दै


5.317k
Shares

काठमाडौं । अभिनेता निखिल उप्रेती र अभिनेत्री सञ्चिता लुईंटेलले छोरा अथर्व उप्रेतीले ‘नाईं नभन्नू ल ६’ फिल्म मार्फत बाल कलाकारको रूपमा डेब्यू गर्न लागेका छन् ।

आगामी बिहीबारबाट छायांकन सुरु हुन लागेको फिल्म ‘नाईं नभन्नू ल ६’ मा उनले बाल कलाकारको रुपमा अभिनय गर्दैछन् । फिल्ममा उनी नव अभिनेता आर्शिवाद क्षेत्रीको बाल्यकालको भूमिकामा देखिनेछन् ।

अथर्वले अभिनय गर्ने इच्छा देखाएपछि निखिल र सञ्चितासँगको सहमतिमा निर्देशक विकासराज आचार्यले उनलाई ‘नाईं नभन्नू ल ६’ मा अभिनय गराउन लागेका हुन् ।

‘नाईं नभन्नू ल’ को दोस्रो श्रृंखलादेखि अनुभव रेग्मी बाल कलाकारको रुपमा देखिँदै आएका थिए । तर, यसपटक भने बालकलाकारको रुपमा अभिनय गर्न नसुहाँउदो भएकाले फिल्ममा अनुभव रेग्मी केमियो भूमिमा देखिने भएका छन् ।

फिल्ममा अभिनेत्री आँचल शर्माको जोडीको रूपमा आर्शिवाद देखिनेछन् । साथै योगिशा खत्रीसहित अन्य बाल कलाकारको पनि अभिनय रहने बताइएको छ ।

पुरुषोत्तम प्रधानको छायांकन रहने फिल्मलाई कात्तिक महिनामा सम्पूर्ण छायांकन गरेर आगामी नयाँ वर्ष अर्थात् बैशाख १ गते प्रदर्शन गर्ने तयारीमा रहेको निर्माण पक्षले बताएको छ ।