१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


‘चीनले ताइवानलाई एकीकरण गर्न खोज्याे’


351
Shares

काठमाडाैं । अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केनले चीनले ताइवानलाई तीव्र समयसिमामा एकीकरण गर्न खोजेको बताउनुभएको छ । बेइजिङले ताइवानको ‘अहिलेको स्थिति’ अब थप स्वीकार्य नहुने निर्णय गरेको पनि उहाँले बताउनुभयो ।

चीनले ताइवानको वर्तमान हैसियत विद्रोही स्वशासित टापू भए पनि आफ्नै हिस्सा भएको मान्ने गरेको छ । ताइवानमा भने यस विषयमा दुई थरी मत छ । ताइवानका दुई प्रमुख पार्टीमध्ये हालको प्रतिपक्षी र अहिलेको शासनको संस्थापक कोमिन्ताङले ताईवानस्थिति सत्तालाई सम्पूर्ण चीनको मुल प्रतिनिधि बताउने गर्छ ।

सन् १९४९ मा चीन वर्षदेखि चलेको गृहयुद्धको अन्त्यमा कम्युनिष्टसँग हारेपछि चीनमा शासन चलाईरहेको कोमिन्ताङ पार्टी ताईवान सरेको थियो । त्यस्तै वर्तमान राष्ट्रपति साई इङ–वेन र उनको डेमोक्रेटिक प्रोग्रेसिभ पार्टी भने ताइवान स्वतन्त्र मुलुक भएको र त्यही हुनुपर्ने विचार राख्ने गर्छ । आइतबार चिनियाँ कम्युनिष्ट पार्टीको पाँच वर्षमा हुने अधिवेशनको उद्घाटन

सम्बोधनमा राष्ट्रपति सी जिनपिङले ताइवानलाई चीनमा मिलाउनको लागि बल प्रयोगको सम्भावना रहेको बताउनुभयो । स्ट्यानफोर्ड विश्वविदालयको एक कार्यक्रममा विदेशमन्त्री ब्लिनकेनले ‘शान्तिपूर्ण ढंगबाट एकिकरण सम्भव नभए बेइजिङले डर धम्की र बल प्रयोग गर्ने आरोप लगाउनुभयो । त्यस अवस्थामा अमेरिकाले ताइवानसँग गरेको प्रतिवद्धता अनुरुप ताइवानको प्रतिरक्षात्मक क्षमता वृद्धिमा सघाउने ब्लिनकेनले बताउनुभयो ।

वासिङ्टनले सन् १९७१ यता ताइवान र चीनको मुद्दामा जटिल कुटनीतिक सन्तुलन राख्ने प्रयास गरेको छ । अमेरिकाको आधिकारिक नीतिले ‘एक चीन नीति’ लाई स्वीकार्दै आएको छ । तथापि उसले ताईवानमाथिको एकीकरण एकतर्फ रुपमा हुन नहुने, ताईवानी नागरिकको मत लिनुपर्ने बताउँदै आएको छ ।

गत महिना अमेरिकी राष्ट्रपति जो बाइडेनले चीनले ताईवानमाथि आक्रमण गरे अमेरिकी फौजले ताइवानको प्रतिरक्षामा अघि आउने बताउनुभएको थियो ।