
काठमाडौं । रुसलाई क्षेप्यास्त्रसहित थप ड्रोनहरू आपूर्ति गर्न इरान सहमत भएको छ ।
इरानले ‘सर्फेस टु सर्फेस’ क्षेप्यास्त्रहरूसँगै थप ड्रोनहरू रुसलाई उपलब्ध गराउने प्रतिबद्धता गरेको वरिष्ठ इरानी अधिकारी तथा कूटनीतिज्ञहरूलाई उदृत गर्दै रोयटर्सले जनाएको हाे । यस कदमले अमेरिका र पश्चिमा शक्तिहरूलाई क्रुद्ध बनाउन सक्ने बताइएको छ ।
अक्टोबर ६ मा इरानका प्रथम उपराष्ट्रपति मोहम्मद मोख्बर इरानको शक्तिशाली रिभोलुसनरी गार्डका दुई जना वरिष्ठ अधिकारी र सुप्रिम नेसनल सेक्युरिटी काउन्सिलका एक अधिकारीले हतियार डेलिभरीको विषयमा वार्ता गर्न मस्को भ्रमण गर्दा एउटा सम्झौता भएको थियो ।
रुसीहरूले थप ड्रोन र विशेषगरी फतेह र जोल्फाघर क्षेप्यास्त्र परिवारका सुधारिएको अचूक ब्यालेस्टिक क्षेप्यास्त्रहरू माग गरेको एक इरानी कूटनीतिज्ञले बताएका छन् । एकजना पश्चिमी अधिकारीले इरान र रुसबीच जोल्फाघरलगायत छोटो दूरीका ब्यालेस्टिक मिसाइल उपलब्ध गराउने सम्झौता भएको पुष्टि गरेको रोयटर्सले उल्लेख गरेको छ ।
रुसले हालैका दिनहरूमा युक्रेनमाथि इरानमा निर्मित ड्रोनको प्रयोग गरी आक्रमण गरेको खबरहरू सार्वजनिक भएका छन् ।
प्रतिक्रिया दिनुहोस्