
काठमाडौं । साताको चौथो दिन आज बुधबार पनि सुनचाँदीको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला ९३ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार २ सयले घटेर ९३ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
तेजावी सुन प्रतितोलामा ९२ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, चाँदीको मूल्य बुधबार ५ रुपैयाँले घटेर १ हजार १ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्