
तस्विर : सशस्त्र प्रहरी
पश्चिम नवलपरासी । सशस्त्र प्रहरीले प्रतापुर गाउँपालिका–२ र रामग्राम नगरपालिका–५ स्थित भैरहवा परासी राजमार्गबाट आज बुधबार करिब ९० लाख रुपैयाँ बराबरको ८ सय ४० बोरा अवैध चिनी सहित दुई वटा ट्रक नियन्त्रणमा लिएको छ ।
ना ६ ख २१९७ र लु १ ख ९८७१ नम्बरको ट्रकमा लोड गरी राखेको उक्त चिनी र ट्रक सशस्त्र प्रहरी बल नेपाल बिओपी हरपुर र महेशपुर भन्सार कार्यालयले बरामद गरेको हो ।
सशस्त्र प्रहरीले बरामद चिनी तथा दुई वटै ट्रक आवश्यक कारवाहीको लागि महेशपुर भन्सार कार्यालयलाई बुझाएको छ ।
प्रतिक्रिया दिनुहोस्