
काठमाडौं । नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले केही खास निर्वाचन क्षेत्रमा प्रतिक्रियावादीहरू सल्बलाएको बताउनुभएकाे छ ।
उहाँले त्यहाँ चलाइएका भ्रमलाई चिर्न जरुरी रहेको समेत बताउनुभएकाे हाे । उहाँले मंसिर ४ गते हुने आमनिर्वाचन सामान्य निर्वाचन नभएको समेत बताउनुभएको छ । साेही निर्वाचन अहिलेसम्म प्राप्त उपलब्धि संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता लगायत रक्षा गर्न खोज्ने र उपलब्धि तथा परिवर्तन उल्टाउन खोज्नेबीचको लडाइँ भएको उहाँकाे भनाइ छ ।
आज (बुधबार) ललितपुरमा प्रेस सेन्टर नेपालको कार्यक्रममा बोल्दै उहाँले आगामी निर्वाचन सामान्य मात्र हो भन्ने छुट नभएको बताउनुभएकाे छ । उहाँले जनमत निर्माणमा लाग्न नेता कार्यकर्तालाई आग्रह गर्नुभयो ।
उहाँले प्रतिक्रान्तिको खतरा अझै पनि कायम रहेको जिकीर गर्दै आफूहरूकै सक्रियताका कारण गत वर्ष केपी ओलीको प्रतिगमनलाई परास्त गर्न सफल भएकाे दावी गर्नुभयाे ।
।
प्रतिक्रिया दिनुहोस्