१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


१९ जनाबाट ४१ लाख असुल्ने मेनपावर कम्पनीमा विभागको छापा


1.924k
Shares

काठमाडौं । वैदेशिक रोजगारीका लागि मलेसिया पठाउने भन्दै १९ जनाबाट ४१ लाख असुल्ने मेनपावर कम्पनीमा वैदेशिक रोजगार विभागले छापा मारेको छ ।

प्रति कामदारबाट २ लाख ३० हजारका दरले पैसा असुल्ने मेन पावर कम्पनी द रिभर ओभरसिज र देवान कन्सल्ट्यान्टमा विभागले छापा मारेको हो ।

छापा मारेर कामदारबाट लिएको पैसा फिर्ता गर्ने र उनीहरूलाई तोकिएकै समयमा उडान गराउने सहमति गराएको छ ।

कामदारबाट पैसा लिइरहेको भन्ने सूचनाको आधारमा विभागले छापा मारेको थियो ।

द रिभरले मलेसिया जान लागेका ती श्रमिकहरूलाई आफ्नो कम्पनीमार्फत पठाउन लागेको थियो । तर, त्यसका लागि श्रम स्वीकृति र भिसा देवान कन्सल्ट्यान्टमार्फत गरेको थियो । नियमअनुसार जुन कम्पनीले विदेश पठाउने सोही कम्पनीले भिसा र श्रम स्वीकृति गराउनुपर्छ।