
काठमाडौं । निर्वाचन आयोगले बारा क्षेत्र नम्बर ४ का प्रतिनिधि सभा उम्मेदवार कृष्णकुमार श्रेष्ठलाई स्पष्टीकरण सोधेको छ ।
पूर्व श्रममन्त्री रहेका श्रेष्ठले बेरोजगार युवालाई फ्रि भिसा, फ्रि टिकटमा विदेश पठाइदिने भनी मतदाता माझ बोलेको भिडियो प्राप्त भएको भन्दै आयोगले २४ घण्टे स्पष्टिकरण सोधेको हो । आयोगले बारा लगायतका जिल्लाबाट युवाहरूलाई जम्मा गरी प्रलोभन देखाएको सम्बन्धमा के कसो भएको हो भन्दै पत्र पठाएको हो ।
मलेसिया सरकारले उपलब्ध गराएको फ्रि भिसा फ्रि टिकटलाई अहिले सत्ताधारी दलका नेताहरूले चुनाव जित्ने अस्त्र बनाईरहेको सार्वजनिक भएको छ ।
प्रतिक्रिया दिनुहोस्