२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


बर्दियामा पाटे बाघ नियन्त्रणमा


1.521k
Shares

बर्दिया । बर्दियामा पाटे बाघ नियन्त्रणमा लिइएको छ ।

१५ वर्षको भाले बाघ जिल्लाको ठाकुरबाबा नगरपालिका शिवपुरफाँटा कालिगौडीबाट डार्ट गरि नियन्त्रणमा लिइएको बर्दिया राष्ट्रिय निकुन्जका प्रमुख संरक्षण अधिकृत अशोक भण्डारीले जानकारी दिनुभयो ।

बर्दिया राष्ट्रिय निकुञ्ज प्रकृति संंरक्षण कोषको प्राविधिक टोली र निकुञ्ज सुरक्षार्थ नेपाली सेनाको संयुक्त टोलीले बाघ नियन्त्रणमा लिएको हो ।

पाटे बाघले केही दिन यता ठाकुरबाबा नगरपालिकाका विभिन्न वडाहरुमा घरपालुवा जनावरमाथि आक्रमण गर्दे आएको थियो ।

नियन्त्रणमा लिइएको बाघलाई निकुञ्जको उद्धार केन्द्रमा राखिएको प्रमुख संरक्षण अधिकृत भण्डारीले बताउनुभयो ।