२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


पटाका गोदाममा विस्फोट हुँदा ६ जनाको मृत्यु


2.717k
Shares

एजेन्सी । भारतको मध्य प्रदेशको मुरैना जिल्लाको एक पटाका गोदाममा विस्फोट हुँदा ६ जनाको मृत्यु भएको छ ।​

फ्याक्ट्रीमा उत्पादन भएर बजार पठाउन राखिएको पटाका गोदाममा भएको विस्फोटमा घर नै ध्वस्त भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

विस्फोटको सूचना पाएपछि प्रहरी घटनास्थल पुगेका थिए । घरका भग्नावशेषमा केही मानिस पुरिएको हुन सक्ने प्रहरीको आशंका छ ।