
पाल्पा । रिब्दीकोट गाउँपालिकाले व्यवसायिक रुपमा आलु खेती गरेर पालिकाभित्रका किसानलाई आत्मनिर्भर बनाउन पहिलो प्रयास स्वरुप किसानलाई अनुदानको आलुको बिउ वितरण गरेको छ ।
गाउँपालिकाले १५ दिने सूचना निकालेर मागको आधारमा किसानलाई ७० हजार किलो आलु वितरण गरेको छ । यो आलु ५० प्रतिशत अनुदानमा बितरण गरिएको गाउँपालिकाका अध्यक्ष नारायण कार्कीले जानकारी दिनुभयो ।
कृषिमार्फत समृद्ध रिब्दीकोट बनाउने योजनाअनुरुप व्यवसायिक रुपमा आलु उत्पादन बढाउन आलुको बिउ वितरण गरेको हो । गाउँपालिकाका अध्यक्ष कार्कीका अनुसार निर्वाचनमा मतदातासँग गरेको बाचा अनुसार रिब्दीकोट गाउँपालिकाबाट आर्थिक
वर्ष २०७९/०८० कृषि कार्यक्रम अन्तर्गत गाउँपालिका भित्रका १ हजार ४ सय घरपरिवारलाई आलुको बिउ वितरण गरिएको हो । कार्कीका अनुसार कार्डिनल रातो आलुको बिउ विवरण गरिएको हो ।
गाउँ गाउँमा दैनिक तरकारीमा उपयोग हुने आलुको व्यवसायिक रुपमा समेत विस्तारमा सहयोग पुगोस् भनेर पचास प्रतिशत अनुदानमै भएपनि उत्पादन वृद्धिको लक्ष्यसहित बिउ वितरण गरिएको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाले गाउँमै उत्पादन वृद्धि, स्वरोजगार र आयमुलक कामका लागि आवश्यक बजेट विनियोजन गरिएको र सोही अनुसारको नीति तथा कार्यक्रम समेत लागू गरेको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्