५ बैशाख २०८२, शुक्रबार | Fri Apr 18 2025


बार्सिलोनाले भिल्ला रियललाई हरायो


156
Shares

काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले भिल्ला रियललाई हराएको छ ।

शुक्रबार राति भएको खेलमा बार्सिलोनाले भिल्ला रियललाई ३–० ले हराएको हो ।

बार्सिलोनाको जितमा रोबर्ट लेवान्डोस्कीले दुई गोल गरे भने अन्सु फातीले एक गोल गरेका थिए ।

खेलको ३१ औं मिनेटमा लेवान्डोस्कीले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । ३५ औं मिनेटमा लेवान्डोस्कीले व्यक्तिगत दोस्रो गोल गर्दै खेललाई २–० ले अघि बढाए । त्यसपछि ३८ औं मिनेटमा फातीले गोल गर्दै बार्सिलोनालाई ३–० को जित दिलाए ।

जितसँगै बार्सिलोनाले १० खेलमा २५ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । भिल्ला रियल १५ अंकसहित नवौं स्थानमा छ ।