
काठमाडौं । पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोलाई कारवाही हुने भएको छ ।
इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका प्रशिक्षक एरिक टेन हागले पत्रकार सम्मेलनमार्फत रोनाल्डोलाई उनको व्यवहारका कारण कारवाही हुने बताएका हुन् ।
टोटेनह्यामविरुद्ध खेलमा वैकल्पिक खेलाडीका रुपमा मैदान छिर्न नमान्दै रोनाल्डोले मैदान छाडेका थिए । खेलको अन्तिम समयतिर युनाइटेड २–० को अग्रतामा रहँदा टेन हागले रोनाल्डोलाई मैदान प्रवेश गराउन चाहेका थिए । तर रोनाल्डोले टेन हागको आग्रह नकारे । त्यसपछि खेलको ८९ औं मिनेट चलिरहँदा रोनाल्डोले मैदान छाड्दै ड्रेसिङ रुमतर्फ लागेका थिए ।
युनाइटेडले रोनाल्डो चेल्सीविरुद्ध हुने खेलका लागि टोलीमा नरहने बताइसकेको छ ।
रोनाल्डोले यस सिजन युनाइटेडका लागि सुरुवाती रोजाइमा खासै अवसर पाएका छैनन् । प्रशिक्षक टेन हागसँग राम्रो सम्बन्ध रहन नसक्दा रोनाल्डोले राम्रो प्रदर्शन गर्न नसकेको आँकलन रहेको छ ।
प्रतिक्रिया दिनुहोस्