
काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित पाँच दलीय गठबन्धनका शीर्ष नेताहरू आज मधेस प्रदेशको राजधानी जनकपुरधाम जाने भएका छन् ।
गठबन्धनमा आबद्ध दलका मधेस प्रदेशस्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्न प्रधानमन्त्री देउवासहित गठबन्धनका शीर्ष नेताहरु जनकपुरधाम आउन लागेको कांग्रेस धनुषाका सभापति योगेन्द्र पञ्जियारले जानकारी दिनुभयो ।
कार्यकर्ता भेलालाई प्रधानमन्त्री देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर लगायतका शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको बताइएको छ ।
देशका विभिन्न स्थानमा चुनावी सभा गर्दै आएको सत्ता गठबन्धनले शुक्रबार कास्की र रुपन्देहीमा सभा गरेको थियो । विभिन्न शहरमा आयोजना भइरहेका सभामा सत्ता गठबन्धनमा आवद्ध दलका शीर्ष नेताहरुले सम्बोधन गर्ने तालिका तय भएको छ ।
प्रतिक्रिया दिनुहोस्