२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


टी–ट्वान्टी विश्वकप क्रिकेटअन्तर्गत आजदेखि सुपर १२ का खेल हुँदै


325
Shares

काठमाडौं । आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटअन्तर्गत आज शनिबारदेखि सुपर १२ का खेल हुँदैछन् ।

शुक्रबार भएका दुई खेलबाट आयरल्याण्ड र जिम्बाबेले माथिल्लो चरणमा पुगेसँगै सुपर १२ को समीकरण पूरा भएको हो ।

सुपर १२ को पहिलो खेलमा शनिबार नेपाली समयअनुसार पौने १ बजे आयोजक तथा डिफेन्डिङ च्याम्पियन अष्ट्रेलिया र गत संस्करणको उपविजेता न्युजिल्याण्डबीच प्रतिस्पर्धा हुनेछ । त्यस्तै दोस्रो खेलमा साँझ पौने ५ बजे अफगानिस्तान र इंग्ल्याण्डबीच प्रतिस्पर्धा हुनेछ ।

सुपर १२ को समूह एकमा अष्ट्रेलिया, न्युजिल्याण्ड, अफगानस्तान, इंग्ल्याण्ड, पहिलो राउण्ड समूह ए बिजेताको रुपमा श्रीलंका र पहिलो राउण्ड समूह बी को उपबिजेताको रुपमा आयरल्याण्ड रहनेछन् ।

समूह दुईमा भारत, पाकिस्तान, दक्षिण अफ्रिका, बंगलादेश, पहिलो राउण्ड समूह बी को बिजेताका रुपमा जिम्बाबे र पहिलो राउण्ड समूह ए को उपबिजेताको रुपमा नेदरल्याण्ड्स रहने छन् ।

यस विश्वकपको फाइनल खेल भने १३ नोभेम्बरमा हुनेछ ।