
web pic
मकवानपुर । मकवानपुरको बागमती गाउँपालिकामा मलामी गएर फर्केको अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।
शुक्रबार राति बागमती–५ कोइलादमार चोक नजिक ना १ ह ५८५५ नम्बरको अटो सडकमा रोकिराखेको ट्रकमा ठोक्किँदा बागमती–८ का रामबहादुर गोलेको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा अटो चालक बागमती–८ का सिंहबहादुर योन्जन, अटोमा सवार सोही वडाका वीरबहादुर थोकर र लक्ष्मण राई घाइते भएका छन् ।
घाइतेमध्ये १ जनालाई थप उपचारका लागि चितवन पठाइएको र २ जनाको हेटौंडाको चुरेहिल अस्पतालमा उपचार भइहेको प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्