२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


मुलुकमा परिवर्तन गर्ने शक्ति गठबन्धन: मुख्यमन्त्री पोखरेल


117
Shares

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री कुष्णचन्द्र नेपाली पोखरेलले मुलुकमा परिवर्तन गर्ने शक्ति गठबन्धन भएको दावी गर्नुभएकाे छ ।

पोखरामा आज (शनिबार) भएको एक कार्यक्रमलाई सम्बाधन गर्दै उहाँले यस्ताे बताउनुभएकाे हाे । उहाँले संविधानमाथिको अतिक्रमण र प्रतिगमनविरुद्ध एकजुट हुनुपर्ने आवश्यकता भएकाे बताउनुभयाे । उहाँले देशको विकासका लागि अग्रगामी शक्ति एक हुनुपर्ने समेत बताउनुभएको छ ।

उहाँले आगामी निर्वाचनमा देश विकासका लागि अग्रगामी शक्ति एक ठाउँमा आउन सुझाव समेत दिनुभएकाे छ । मुख्यमन्त्री पोखरेलले अहिले मुलुकको लागि गठबन्धन आवश्क भएको भन्दै परिर्वतनका लागि दलहरु अगाडि बढ्नुपर्ने बताउनुभयो ।