
एजेन्सी । भातरीय प्रधानमन्त्री नरेन्द्र मोदीले आज रोजगार मेला कार्यक्रमको शुभारम्भको घेषणा गर्नुभएको छ । यो कार्यक्रमको माध्यमबाट १० लाख नागरिकलाई रोजगारी दिइने जनाइएको छ ।
कार्यक्रम अन्तर्गत आज मात्रै ७५ हजार लाई नियुक्ति पत्र प्रदान गरिएको छ । प्रधानमन्त्री मोदीले पछिल्लो आठ वर्षमा रोजगार र स्वरोजगारको जारी अभियानमा जोडिने कडीको रुपमा यो कार्यक्रम रहेको बताउनुभएको छ ।
विकसीत भारतको संकल्प पुरा गर्नको लागि आत्मनिर्भर भारतको बाटोमा रहेको बताउँदै प्रधानमन्त्री मोदीले लगानीकर्ता, व्यवसायी र किसानहरुको भुमिका महत्वपुर्ण हुने बताउनुभएको छ ।
कडा मेहनतका कारण ७/८ वर्ष भित्रै १० औँ स्थानबाट भारत विश्वमा ठुलो अर्थव्यवस्थाको ५ औँ स्थानमा उक्लन सफल भएकोमा खुशी व्यक्त गर्नुभएको छ ।
प्रधानमन्त्री कौशल विकास योजना अन्तर्गत सवा करोड युवाले लाभ लिइरहेको भन्दै उहाँले उद्योगको आवश्यकता अनुसार युवाहरुलाई तालिम दिने ठुलो अभियान जारी रहेको बताउनुभयो ।
जसका कारण भारतमा उद्योगधन्दा बढ्दै गएको उहाँको भनाइ छ । २१ औँ शताब्दीमा मेक इन इन्डिया, आत्मनिर्भर भारत सबैभन्दा महत्वाकांक्षी योजना हो । आज भारत ठूलो निर्यातक बन्न सफल भएको छ । जसको श्रेय युवाहरुको रहने भन्दै उहाँले देशका युवा भारतको सबैभन्दा ठुलो ताकत रहेकाे बताउनुभयाे ।
प्रतिक्रिया दिनुहोस्