
विराटनगर । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अहिलेको निर्वाचन महासंग्रामको रूपमा हुन लागेको बताउनुभएको छ ।
विराटनगरमा शनिवार आयोजित सत्तागठबन्धनको संयुक्त भेलालाई सम्बोधन गर्दै उहाँले यो निर्वाचनमा दुई फरक–फरक प्रवृत्तिबीच प्रतिस्पर्धा हुन लागेको बताउनुभएको हो ।
अध्यक्ष दाहालले जनयुद्ध र जनआन्दोलनपछि संविधान निर्माण भएको र अहिले गोरू गाडावालाले टाउको उठाउन खोजेको आरोप लगाउनुभयो ।
वर्तमान पाँच दलीय सत्तागठबन्धन १२ बुँदे सहमतिको पक्षपातीहरूको गठबन्धन भएको जिकिर गर्दै अध्यक्ष दाहालले नेकपा एमाले नेतृत्वको अर्को गठबन्धन गोरूगाडावाला गठबन्धन भएको टिप्पणी गर्नुभयो ।
विस्तृत शान्तिसम्झौता र संविधान रक्षाका लागि काँग्रेससहितको गठबन्धन निर्माण गरिएको स्पष्ट पार्दै अध्यक्ष दाहालले एमाले अध्यक्ष केपी शर्मा ओलीले धोका दिएपछि आफूले ज्ञान प्राप्त गरेको जिकिर गर्नुभयो ।
सहमति, सहकार्यको संस्कृति निर्माण शान्तिसम्झौतापछि भएकोले एकअर्कालाई सहयोग गर्न अध्यक्ष दाहालले कार्यकर्तालाई आग्रह समेत गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्