२९ फाल्गुन २०८१, बिहिबार | Thu Mar 13 2025


राप्रपाकाे प्रतिष्पर्धी एमाले: अध्यक्ष लिङदेन


1.222k
Shares

काठमडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले आगामी निर्वाचनमा राप्रपाको पतिष्पर्धा नेकपा एमालेसँग हुने बताउनुभएको छ ।

आइतबार काठमडौंमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले राप्रपाको मुख्य प्रतिष्पर्धा नेकपा एमालेसँग हुने बताउनुभएको हो । उहाँले नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) लगायतका पार्टीहरू १ सय भन्दा तलको सिटमा खुम्चिसकेको उल्लेख गर्दै नेकपा एमाले नै राप्रपाको मुख्य प्रतिष्पर्धी भएको जिकिर गर्नुभयो ।

अध्यक्ष लिङदेनले निर्वाचनमा पनि पटक पटकको नेतृत्वमा असफल भइसकेका पार्टीहरूलाई भोट हाल्ने हो भने नागरिकहरूले नै दुःख पाउने बताउनुभयो । कांग्रेस र माओवादी लगायतका दलहरूका मतदाताहरू अहिले राप्रपाको सक्रियता खोजिरहेको उल्लेख गर्नुभयाे ।

उहाँले कांग्रेस, कम्युनिष्टको झण्डा धुरीमा राखेर राप्रपालाई भोट दिन मतदाता तयार रहेको बताउँदै उहाँले आगामी निर्वाचनबाट राप्रपा अग्रणी पार्टी हुने कुरालाई कसैले रोक्न नसक्ने समेत दावी गर्नुभयो । अध्यक्ष लिङदेनले निर्वाचनमा राप्रपाको पक्षमा अप्रत्याशित परिणाम आउने बताउनुभयो ।