२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


अभिनेता चेतन कुमारविरुद्ध मुद्दा दर्ता


14.404k
Shares

एजेन्सी । दक्षिण भारतीय अभिनेता चेतन कुमारले फिल्म ‘कान्तारा’ को बारेमा दिएको बिवादास्पद बयान पछि उनीविरुद्ध मुद्दा दर्ता भएको छ ।

दक्षिण भारतीय फिल्म ‘कान्तारा’ यतिबेला निकै चर्चामा छ । यो फिल्म हालै हिन्दीमा रिलिज भएको हो । ऋषभ शेट्टीको निर्देशनमा निर्माण भएको उक्त फिल्मले बक्स अफिसमा राम्रो व्यापार गरिरहेको छ । बलिउडदेखि दक्षिण भारतसम्मका कलाकारहरूले यो फिल्मको निकै तारिफ गरिरहेका छन् । यो फिल्म हेरेपछि दर्शकले पनि राम्रो प्रतिक्रिया दिइरहेका छन् । दक्षिण भारतको कर्नाटक सरकारले उक्त फिल्मबाट प्रभावित भएर ६० वर्ष उमेर पूरा गरेका दैव नर्तकहरूलाई मासिक भत्ता दिने घोषणा समेत गरेकाे छ। यसैबीच चेतनले फिल्मको बारेमा दिएको विवादास्पत बयान पछि उनीविरुद्ध मुद्दा दर्ता भएको छ ।

चेतनविरुद्ध कर्नाटकको उडुपी जिल्लाको प्रहरी चौकीमा उजुरी परेको हो । भारतीय सञ्चार माध्यमका अनुसार चेतनले धार्मिक भावनामा चोट पुर्‍याएको आरोप लागेको छ । यस फिल्ममा ‘भूत कोला’ परम्परा देखाइएको छ । चेतनले यो परम्पराको बारेमा एक पोस्ट सार्वजनिक गर्दै ‘भूत कोला’ प्रथा हिन्दू धर्मको हिस्सा नभएको बताए । जसले हिन्दूहरुको भावनामा चोट पुर्‍याएको आरोप लागेपछि उनीविरुद्ध उजुरी परेको हो । उनीविरुद्ध उजुरी हिन्दू जागरण समुहले दिएका हुन् ।

भूत कोला दक्षिण भारतको कर्नाटकको ग्रामीण क्षेत्रमा मनाइने एक प्रथा हो। यसमा गाउँका मानिसहरूले देवताको पूजा गर्छन्। पूजाको समयमा गाउँका मानिसले देवीको पहिरन लगाएर नाच्न थाल्छन् ।यसरि नृत्य गर्ने व्यक्तिलाई दैव नर्तक भनिन्छ। नाचको समयमा मानिस भित्र देवताहरू आउने विश्वास छ । यस क्रममा दैव नर्तकले जे भने पनि गाउँलेहरूले भगवानको आदेश मान्छन् । ‘कान्तारा’ फिल्मको कथा पनि यही प्रथामा आधारित छ ।

यो फिल्म भारतको तेस्रो धेरै कमाउने फिल्म बनेको छ ।