
काठमाडाैं । जुद्ध रिपब्लिका माध्यमिक विद्यालयबाट २०१६ सालको एसएलसी ब्याचमा पास भएका विद्यार्थीहरुबीच काठमाडौमा पुर्नमिलन तथा भेटघाट कार्यक्रम सम्पन्न भएको छ ।
उक्त ब्याचका विद्यार्थीहरुबीच विगतमा हरेक वर्ष भेटघाट कार्यक्रम राख्ने गरिएको भएपनि पछिल्ला केही वर्ष कोरोना महामारीका कारण सम्भव हुनसकेको थिएन ।
सोही ब्याचका सदस्य रघुवरभक्त मानन्धर र सुवास पाण्डेले औपचारिक समूह नबनाएपनि शैक्षिक उन्नयनका विषयमा औपचारिक, अनौपचारिक माध्यमबाट आफूहरुले समाजमा पु¥याउने योगदानका विषयमा छलफल भइरहेको जानकारी दिनुभयो ।
इमेज ग्रुप अफ कम्पनीजका महाप्रबन्धक समेत रहेका मानन्धरले यो जमघटलाई उपयोगी बनाउन छलफललाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गर्नुभयो । विदेशमा रहेका साथीभाईलाई समेत सेवाको क्षेत्रमा सक्रिय गराइने जानकारी उहाँले दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्