१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कांग्रेसले आज चुनावी घोषणापत्र सार्वजनिक गर्दै


52
Shares

काठमाडौं । नेपाली कांग्रेसले आज सोमबार चुनावी घोषणा पत्र सार्वजनिक गर्दैछ ।

आइतबार साँझ ५ बजे घोषणा पत्र सार्वजनिक गर्ने तयारी भए पनि अन्तिम समयमा आएर सोमबारका लागि सारिएको हो ।

कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार आज बिहान साढे १० बजे घोषणा पत्र सार्वजनिक गरिनेछ ।

प्रधानमन्त्रीसमेत रहनु भएका पार्टी सभापति शेरबहादुर देउवाको कार्यव्यस्तताका कारण घोषणा पत्र सार्वजनिक गर्ने समय बिहीबारका लागि सारिएको बताइएको छ ।

प्रधानमन्त्री देउवा आइतबार सत्ता गठबन्धनको चुनावी सभाका लागि धनगढी र सुर्खेत पुग्नुभएको थियो ।

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि घोषणापत्र तयार गरिएको हो । महामन्त्री विश्वप्रकाश शर्मा नेतृत्वको ४१ सदस्यीय समितिले घोषणापत्र तयार पारेको छ ।