
काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा न्युक्यासल युनाईटेडले टोटनह्यामलाई हराएको छ ।
आइतबार राति न्युक्यासलले घरेलु टोली टोटनह्यामलाई २–१ ले हराएको हो ।
खेलको ३१ औं मिनेटमा क्यालम विल्सनले गोल गर्दै न्युक्यासललाई अग्रता दिलाएका थिए । ४० औं मिनेटमा मिगुइल अल्मिरोनले गोल गर्दै न्यूक्यासलको अग्रता दोब्बर पारे । त्यसपछि ५४ औं मिनेटमा ह्यारी केनले गोल गर्दै खेललाई २–१ को स्थितिमा ल्याए । बाँकी समयमा थप गोल नसकेपछि खेल २–१ को अवस्थामा समाप्त भएको हो ।
जितसँगै न्यूक्यासल २१ अंक जोडेर चौथो स्थानमा उक्लिएको छ । पराजित टोटनह्याम २३ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।
सोमबार राति भएको अन्य खेलमा एस्टन भिल्लोले ब्रेन्टफोर्डलाई ४–० ले, फुलह्यामले लिड्सलाई ३–२ र लेस्टरले उल्भ्सलाई ४–० ले पराजित गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्