
एजेन्सी । भारतीय अभिनेता गजराज राव र मिर्जापुर फेम दिव्येन्दु स्टारर फिल्म ‘थाई मसाज’ को ट्रेलर सार्वजनिक भएको छ ।
फिल्मको ट्रेलर २२ अक्टोबर शनिबार रिलिज भएको हो । २ मिनेट २५ सेकेण्डको यस ट्रेलरमा कमेडीसँगै एक विशेष सामाजिक सन्देश पनि लुकेको छ, जसको बारेमा मानिसहरु खुलेर कुरा गर्न सक्दैनन् ।
फिल्म ‘थाई मसाज’ मा गजराज रावले इरेक्टाइल डिसफंक्शनबाट पीडित आत्माराम नामक व्यक्तिको भूमिका निभाएका छन् । ७० वर्षीय आत्माराम शारीरिक सम्बन्ध नबन्दाको पीडासँग लडिरहेका छन् तर बढ्दो उमेरका कारण उनी शारीरिक आवश्यकताका बारेमा खुलेर कसैसँग बोल्न सक्दैनन् । त्यसैले उनी तिर्थ जान्छु भनेर थाइल्याण्ड जान्छन् ।
दिव्येन्दु र गजराज राव स्टारर फिल्म ‘थाई मसाज’ले दर्शकलाई निकै रमाइलो ढंगले सामाजिक सन्देश दिएको छ । पछिल्लो २४ घण्टामा फिल्मको ट्रेलरलाई दर्शकले राम्रोसँग रुचाएका छन्, फिल्मले यस्तो मुद्दा उठाएको देखिन्छ, जसमा मानिसहरु खुलेर बोल्न पनि हिचकिचाउँछन् ।
फिल्ममा सन्नी हिन्दुजा, राजपाल यादव, विभा छिब्बर र रुसी अभिनेत्री एलिना जासोबिनाको पनि अभिनय रहेको छ । टि सिरिज फिल्मस् र रिलायन्स इन्टरटेन्मेन्टद्वारा प्रस्तुत, मंगेश हडवाले द्वारा लिखित र निर्देशित थाई मसाज नोभेम्बर 11 मा पर्दामा आउँदैछ।
प्रतिक्रिया दिनुहोस्