
काठमाडौं । स्पेनिस लिग फुटबल ला–लिगामा गएराति बार्सिलोनाले सहज जित निकालेको छ ।
आइतबार राति भएको खेलमा बार्सिलोनाले एट्लेटिकोलाई ४–० ले हराएको हो ।
आफ्नै मैदानमा भएको खेलमा बार्सिलोनालाई विजयी गराउन ओस्मान डेम्बेले, सर्जि रोबर्टो, रोबर्ट लेवान्डोस्की र फेरान टोरेसले एक एक गोल गरे ।
खेलको १२ औं मिनेटमा डेम्बेलेले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । १८ औं मिनेटमा रोबर्टोले गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर पारे । २२ औं मिनेटमा लेवान्डोस्कीले गोल गर्दै बार्सिलोनाको अग्रता तेब्बर बनाए । त्यसपछि ७३ औं मिनेटमा टोरेसले गोल गर्दै बार्सिलोनालाई ४–० को जित दिलाए ।
यो खेलमा गोल गरेसँगै पोल्याण्डका खेलाडी लेवान्डोस्कीले बार्सिलोनाको लागि स्पेनिस लिगका ११ खेलमा १२ गोल गरेका छन् ।
ला लिगाकै अन्य खेलहरुमा आइतबार राति एट्लेटिको मड्रिडले रियाल बेटीसलाई २–१ ले हराउँदा भियारियालले अल्मेरियामाथि २–१ कै जित निकाल्यो ।
प्रतिक्रिया दिनुहोस्