२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


रोल्पाका महिला फूलखेतीमा


169
Shares

काठमाडौं । रोल्पाका महिलाहरूले फूल खेती गर्न थालेपछि प्लाष्टिकका फूलमाला बजारबाट विस्थापित हुन थालेको छ ।

सुनिलस्मृति गाउँपालिका खुंग्रीका महिलाहरूले सुरू गरेको सामूहिक पुष्प खेतीले प्लाष्टिकका फूलमाला विस्थापित गरेको हो ।

सुवर्णावती स्वावलम्वन समूहका २८ जना महिलाहरूले ५ सय ५५ जातका फूलको खेती गरेका हुन् ।

फूलमा जिल्लालाई आत्मनिर्भर बनाउने लक्ष्यसहित पुष्प खेती सुरू गरिएको सुवर्णावती स्वावलम्वन समूहकी अध्यक्ष गीता योगीको भनाइ छ । समूहमा आवद्ध महिलाहरूको आयआर्जनमा समेत टेवा पु¥याउने उद्देश्यले पुष्प खेतीको सुरुआत गरिएको उहाँको भनाइ छ ।

प्रतिकिलो पाँच सय रूपैयाँका दरले फूल बिक्री भइरहेको र फूल बाह्रै महिना फुलाउने तयारीमा उनीहरू रहेका छन् । तिहारको समयमा देश बाहिरबाट आयातित प्लाष्टिकका कृतिम माला विस्थापित गर्दै स्थानीय जातका सयपत्री फूलको प्रवर्द्धन गर्ने समूहको लक्ष्य रहेको छ ।