
काठमाडौं । अभिनेता पुष्प खड्का र अभिनेत्री साम्राज्ञी आरएल शाह अभिनित चलचित्र ‘तिम्रो मेरो साथ’को पोस्टर सार्वजनिक भएको छ ।
आइतबार तिहारको अवसर पारेर सार्वजनिक गरिएको पोस्टरमा चलचित्रका मुख्य दुई पात्र पुष्प र साम्राज्ञी रहेका छन् । पोस्टरमा स्विमिङ पुल भित्र स्विम सुट लगाएकी साम्राज्ञीलाई पुष्पले आफ्नो अंगालोमा बाँधेका छन् ।
निर्माता रमेश एमके पौडेलले यस चलचित्रबाट निर्देशनमा डेब्यू गरेका हुन् । चलचित्रमा निर्देशक पौडेल स्वंयमको कथा, गीत र निर्माण रहेको छ । यस चलचित्रमा पुष्प र साम्राज्ञीका अलावा सन्दिप क्षेत्री, खड्क बहादुर पुन (खबपु), इमिली लामा, सरोज खनालको अभिनय रहेको छ ।
आर्यन फिल्मस तथा बोधी एच डी अमेरिकाको ब्यानरमा निर्माण भएको चलचित्रको निर्मातामा पासाङ लामा र सह-निर्मातामा निरू भण्डारी, अशोक पोखरेल, सुमन पौडेल र सुधिर पराजुली छन् ।
आगामी पुष २९ गतेबाट चलचित्र नेपालभर प्रदर्शनमा आउने तयारीमा रहेको छ ।
प्रतिक्रिया दिनुहोस्