१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


पाँचथरमा चाडबाड नभनी चुनावी अभियानलाई तिव्रता


143
Shares

पाँचथर । मंसिर ४ गते नजिकिंदै गर्दा पाँचथरमा पनि चुनावी माहोल तात्न थालेको छ । राजनीतिक दल र उम्मेद्वारहरुले चाडबाड नभनी चुनावी अभियानलाई तिव्रता दिएका छन् ।

राजनीतिक दल र उम्मेद्वारहरुले चाडबाड नभनी चुनावी अभियानलाई तिव्रता दिएका छन् । पाँचथरका सबै राजनीतिक दलहरू र उउम्मेद्वारहरूले आफ्नो चुनावी अभियानलाई तिव्रता दिन थालेका हुन् । प्रतिनिधि सभा एक र प्रदेश सभा दुई वटा क्षेत्र रहेको यो जिल्लामा अहिले चुनावी सरगर्मी बढ्न थालेको छ ।

पसल चोक, चियापसलदेखि गाउँ शहर सबैतिर अहिले चुनावले माहोल तातेको छ । पाँचथरमा अहिले प्रतिनिधि सभा र प्रदेश सबै उम्मेद्वारहरूले विकास निर्माणको विषयलाई मुख्य प्राथमिकतामा राखेर आफ्नो प्रचार प्रसारको अभियानलाई अघि बढाएका हुन् ।

अहिले पनि अघिल्लो निर्वाचनमा प्रतिस्पर्धी बनेका नेपाली कांग्रेसका सह-महामन्त्री भिष्मराज आङदेम्बे र नेकपा एमालेका केन्द्रीय सदस्य बसन्त कुमार नेम्बाङबीच नै कडा टक्कर हुने देखिएको छ ।

अघिल्लो चुनावमा नेकपा एमाले र नेकपा माओवादीको गठबन्धनबाट उम्मेद्वार बनेका एमालेका नेता बसन्त कुमार नेम्बाङले भिष्मराज आङदेम्बेलाई हराएका थिए भने अहिले परिस्थिति फेरिएको छ । अहिले नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) को लोकतान्त्रिक बाम गठवन्धनबाट उम्मेद्वार बनेका भिष्मराज आङदेम्बे बलियो देखिएका छन् ।

यता, नेकपा एमालेका नेता नेम्बाङले पनि आफू जिल्लाको विकास निर्माणमा लागि परेको दाबी गर्दे आएका छन् । अधुरा रहेका विकास निर्माणको कामलाई पूरा गर्नको लागि दोस्रो पटक आफ्नो उम्मेद्वारी रहेको नेम्बाङ भनाई छ । एक मात्रै प्रतिनिधि सभा रहेको पाँचथरमा ११ वटा राजनीतिक दलका उम्मेद्वार र ४ जनाले स्वतन्त्र उम्मेद्वारी दिएका छन् ।

यस्तै, प्रदेश सभा तर्फ पाँचथरको ‘क’ निर्वाचन क्षेत्रमा १० जना र ‘ख’ क्षेत्रमा ९ जनाको उम्मेद्वारी परेको छ । ‘क’ क्षेत्रमा नेकपा एमालेका जिल्ला कमिटी अध्यक्ष राजकुमार भण्डारी र एमालेबाट फुटेको एकीकृत समाजवादीका पाँचथर जिल्ला कमिटी अध्यक्ष कमल जवेगु बीच कडा प्रतिस्पर्धा हुने देखिएको छ ।

यस्तै, प्रदेश सभाबाट लोकतान्त्रिक बाम गठबन्धनको तर्फबाट माओवादी केन्द्रका पोलिट ब्यूरो सदस्य तथा प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङबो र नेकपा एमालेको तर्फबाट पनि पार्टी जिल्ला इन्चार्ज अइन्द्रसुन्दर नेम्बाङ बीच प्रतिस्पर्धा हुने भएको छ ।

मन्त्री रहँदा आङबोले आफ्नो निर्वाचन क्षेत्रमा योजनाहरू राम्रो ल्याएर उनी लोकप्रिय नेताको रुपमा परिचित छन् । यस्तै संविधान सभा सदस्य समेत भइसकेका अइन्द्र सुन्दर पनि लोकप्रिय नेताको रुपमा परिचित छन् ।

८ वटा स्थानिय तह रहेको पाँचथरमा नेपाली कांग्रेसले ६ वटा, नेकपा माओवादी केन्द्रले १ वटा र नेकपा एमालेले एउटा प्रमुख पद जितेको छ । जसमा अहिले सबै जोडघटाउ गर्दा एमाले भन्दा गठबन्धन १२ हजार मतले अघि देखिएको छ ।

विकास निर्माणको काम र जसले पाँचथरका जनताको समस्याहरु सुल्झाउने काम गर्छ उसैलाई भोट दिने पक्षमा यहाँका नागरिक रहेको पाइन्छ ।