
काठमाडौं । म्याग्दीमा सत्तारूढ दलको गठबन्धन र नेकपा एमालेका उम्मेदवार मुख्य प्रतिस्पर्धीका रूपमा देखिएका छन् ।
प्रतिनिधि सभामा एक र प्रदेश सभामा दुई क्षेत्र रहेको म्याग्दीमा तीन पदका लागि १९ जना चुनावी मैदानमा छन् ।
प्रतिनिधि सभामा तीन जना स्वतन्त्रसहित नौ तथा प्रदेश सभा क्षेत्र क र ख मा पाँच–पाँच उम्मेदवार छन् ।
२०५६ मा नेपाली कांग्रेस, २०६४ मा नेकपा माओवादी केन्द्र, २०७० र २०७४ मा नेकपा एमालेले जिल्लामा प्रतिनिधि सभा सदस्य निर्वाचन जितेका थिए । २०७४ मा एक वटा प्रदेशसभा माओवादी र एक वटा एमालेले जितेको थियो ।
पाँच वर्षअघिको संसदीय चुनावमा एमाले–माओवादी र कांग्रेस–राप्रपाले तालमेल गरेका थिए । यो पटक एमाले विरासत जोगाउने र अन्य दल गठबन्धनको बलमा जित निकाल्ने रणनीतिमा छन् ।
गत स्थानीय तह निर्वाचनमा एमालेले चार वटा पालिका प्रमुख, तीन उपप्रमुख, २२ वडा, कांग्रेसले दुई अध्यक्ष, एक उपाध्यक्ष, १७ वडा, माओवादीले दुई उपप्रमुख र छ वटा वडा जितेका थिए ।
प्रतिक्रिया दिनुहोस्