२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


जाजरकोटका जेष्ठ नागरिकलाई भत्ता लिनै गाह्रो


39
Shares

काठमाडौं । बैंकमा जम्मा गरिदिएको सामाजिक सुरक्षा भत्ता बुझन जाजरकोटका जेष्ठ नागरिक सडकमा बसेर पालो कुर्नु पर्ने बाध्यतामा छन् ।

भेरी नगरपालिकाले बैंकका जम्मा गरीदिएको सुरक्षा रकम बुझ्न उनीहरु घण्टौंसम्म सडकमा कुर्नु पर्ने बाध्यतामा छन् ।

बैंकमा बस्ने ठाउँ नहुँदा जेष्ठ नागरिक सामाजिक सुरक्षा भत्ता बुझ्न सडकको भुइँमा बसेर पालो कुर्न बाध्य भएका हुन् ।

तीन घण्टाभन्दा बढी हिडेर बैंकमा आएका जेष्ठ नागरिकहरुले पालो नपाउँदा भुइँमा बसेर सेवा लिन बाध्य भएको गुनासो गरेका छन् ।

सिटिजन्स बैंकमा सेवा लिन पुगेका जेष्ठ नागरिकहरु चिसो भुइँमा बसेर घण्टौं पालो कुर्दा समेत कसैले चासो नदिएको बताउछन् ।

घरमै भत्ता बुझाइदिए बुढेसकालमा दुःख गर्नुपर्ने अवस्था नहुने भेरी १ रिम्नाकी पबी रानाले बताउनुभयो । बैंकले बस्ने व्यवस्थापन नगर्दा आफूहरुले समस्य खेप्नु परेको अर्का जेष्ठ नागरिक रामबहादुर ओलीको गुनासो छ ।

सिटिजन्स बैंकले भेरी नगरपालिका १ र ३ का झण्डै ९ सय जना बढी जेष्ठ नागरिकलाई भत्ताको भुक्तानी दिँदै आएको छ ।