
काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप ४२ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ भने १ जनाको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा ९ सय २१ जनाको नमूना परीक्षण गरिएको थियो ।
४ सय जनाको पीसीआर र ४ सय २१ जनाको एन्टीजेन विधिबाट विधिबाट परीक्षण गर्दा ४२ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
सोमबार ४३ जना संक्रमित संक्रमणमुक्त भएका छन् भने देशभर ६ सय ९२ जना सक्रिय संक्रमित रहेका छन् ।
त्यस्तै, २४ घण्टामा कोरोनाका कारण १ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्