
काठमाडौं । तिहारको लक्ष्मीपूजाको दिन सोमबार मागभन्दा बढी बिजुली खपत भएको छ ।
नेपाल विद्युत प्राधिकरणका अनुसार सोमबार देशभर १३ सय ५ मेगावाट बिजुली खपत भएको हाे ।
देशभित्र लक्ष्मी पूजाको दिन १३ सय ५ मेगावाट बिजुली खपत हुँदा प्राधिकरणले हिजो ३ सय ८० मेगावाट बिजुली भारत निर्यात गरेको छ ।
निर्यातसहित सोमबार कुल १६ सय ८५ मेगावाट विद्युत प्रणालीमा लोड भएको थियो । सबैभन्दा बढी लोड ६ बजेर १० मिनेट जादा भएको थियो । २०० मेगावाट बिजुली स्पील अर्थात मागभन्दा बढी उत्पादन भएको थियो ।
तिहारको बिदाको कारण उद्योग बन्द भएको हुँदा सामान्य दिनमा भन्दा ४ सय मेगावाट बिजुली खपत कम हुने थियो । तर, सर्वसाधारणले उज्यालोको पर्व तिहारमा झिलिमिली बत्ती बाल्ने हुँदा घरायसी माग बढेर २ सय मेगावाट मात्रै विजुली खेर गएको हो ।
२०७३ सालको लक्ष्मीपूजाको दिन प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले काठमाडौं उपत्यकामा लोडसेडिङ अन्त्य गर्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्