२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


दाङमा फर्निचर उद्योगमा भीषण आगलागी


117
Shares

दाङ । दाङमा फर्निचर उद्योगमा भीषण आगलागी भएको छ ।

घोराहीस्थितमा तीनवटा फर्निचर उद्योगमा भीषण आगलागी भएको हाे ।

घोराहीको शहीद उमेश मार्ग रोडमा रहेका तीन वटा फर्निचर उद्योगमा आगलागी हुँदा पूर्ण रूपमा क्षति भएको
जिल्ला प्रहरी कार्यालय दाङले जनाएकाे छ ।

न्यू दाजुभाइ, दाजुभाइ र स्टार दाजुभाइ गरी तीन वटा फर्निचर उद्योगमा आगलागी भएको प्रहरीले जनाएको छ।

राति करिब १२ बजेतिर लागेको आगो बिहान करिब साढे ४ बजे नियन्त्रणामा आएको हो । आगलागीबाट करडौंको क्षति भएको आकलन गरिएकाे छ